जर्मनीका महान फुटबल खेलाडी म्युलरको निधन

काठमाण्डौँ, भाद्र १ | तेजेनेपाल

बेर्यन म्युनिक र जर्मनीका महान फुटबल खेलाडी गर्ड म्युलरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

फुटबल इतिहासका सबैभन्दा उत्कृष्टमध्येका स्ट्राइकर म्युलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।

सन् १९७४ को विश्वकप फुटबलको फाइनलमा नेदरल्याण्ड्स बिरुद्ध उनले गरेको एक मात्र गोलले पश्चिम जर्मनीलाई विश्वकपको उपाधि दिलाएको थियो ।

बुन्डेसलिगामा बेयर्न म्युनिकको प्रतिनिधित्व गर्दै उनले ५९४ खेलमा ५७४ गोल गोल गरेका छन । उनी १५ वर्ष बेयर्न म्युनिकमा रहे ।

बेयर्न म्युनिकका अध्यक्ष हबर्ट हैनरले एफसी बेयर्नका लागि आजको दिन दुःखको र कालो दिन रहेको गर्डको निधनमा प्रतिक्रिया दिए ।

गर्ड बिनाको अहिलेको बेयर्न रहने थिएन भन्दै हैनरले उनको नाम र सम्झना सधैं हामीसँगै रहने बताए ।

दुई पटक जर्मन फुटबलरको वर्ष खेलाडीको उपाधि जितेका गर्ड म्युलरले सन् १९७० को विश्वकप फुटबलमा दश गोल गरेर ‘गोल्डेन बुट’ जितेका थिए ।

दुई वर्षपछि उनले पश्चिम जर्मनीलाई यूरोपीयन च्याम्पियनशीप जितका लागि सघाएका थिए ।

सोभियत यूनियन बिरुद्ध पश्चिम जर्मनीले ३–० को जित हात पार्ने क्रममा गर्डले दुई गोल गर्दै यूरोपेली च्याम्पियनशीपको उपाधि दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *