चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठको आँधीतुफान-२को शुटिङ्ग सम्पन्न

काठमाण्डौँ, भाद्र ११ | तेजनेपाल

लकडाउनलाई झेल्दै चलचित्र आँधीतुफान-२ को शुटिङ्ग ३१ औँ दिनमा समपन्न गरिएको छ ।

चलचित्रका लेखक तथा निर्माता मौनता श्रेष्ठले शुटिङग सम्पन्न भएको घोषणा गर्नुभएको हो ।

आँधीतुफान-२ १६ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट नेपाली कथानक चलचित्र आँधीतुफानको सिक्वेल हो ।

चलचित्रमा एकपात्रको हत्याको अनुसन्धानमा परिचालित ३ युवतिको कथा समेटिएको छ । आँधीतुफान-२ चलचित्रका लेखक एवम निर्माता मौनता श्रेष्ठका अनुसार फिल्ममा एक गीत मात्र लेख्न बाँकि रहेको र त्यसलाई थाती राखेर बाँकी सबै काम पुरा गरि सकीएको जानकारी दिनुभयो ।

आधितुफान-२ का निर्देशक मदन घिमिरेका अनुसार काठमाडौं र धुलिखेलका रमणीय स्थानहरुमा छाँयाकन सम्पन्न गरिएको छ ।

चक्र घले कार्यकारी निर्माता रहेको चलचित्रमा कनिज कोईराला, सन्चिता भन्डारी, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सन्जय खतिवडा, सिवन लामा, सुदिप आचार्य, राजा राम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनि बि सि, जोया बुढाथोकी, रुपा के.सी ,सरोज दहाल, रवि गिरी, पुष्कर राउत, विन्दिया रिचा, सुदिप, रमेस तामाङ्ग र बाल कलाकार अरुण कालिराज लगायतको अभिनय रहेको छ ।

चलचित्रमा राम शारण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द, सुरेश अधिकारीको संङ्गीत, हरि उप्रेति र दिनेश सुबेदीकाे गीत तथा कमल राईको नृत्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *