चिठ्ठीमा भट्टराई

काठमाण्डौं, भाद्र २४ | तेजनेपाल

निर्देशक माधवराज खरेलले निर्देशनमा बन्ने चलचित्रमा विशेष भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्ध गरेका छन् ।

भट्टराई चल्तिका नायक हुन् भने संजित भण्डारी हालै चलचित्र ‘आँधीतुफान २’ को छायांकन सक्काए ‘चिठ्ठी’मा अनुबन्ध भएका हुन् ।

चलचित्रमा मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे गायतका कलाकारहरु रहने छन् ।

पिम नेपालको प्रस्तुति रहने चलचित्रको कथा सस्पेन्स र थ्रीलर रहने बताईएको छ । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको चलचित्रमा जिवन पराजुलीकोे छायाँकन, किरण दाहालको व्दन्द रहने छ ।

कमला जोशी निर्माता रहने चलचित्रमा सह–निर्माताको रुपमा राजन थापाको सहकार्य रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *