किन यसरी? उत्तर खोज्दै दुई दशकपछी फेरी आए गायक प्रमोद निर्वाण

काठमाण्डौँ, भाद्र २६ । तेजनेपाल

लगभग दुई दशक अगाडि लोकप्रिय गीत ‘किन यसरी’का गायक तथा उनको ब्याण्ड निर्वाण एण्ड म्यूजिक लिंकले सोही गीतको पुन रिमेक भर्जन सहितको गीत र भिडियो सार्वजनिक भएको छ ।

पहिलो एल्बममा समाबेश गीत ‘किन यसरी बिना अर्थ’गीतलाई दर्शक श्रोताले एकदमै रुचाएका थिए । जसमा यस् गीत लगायत अन्य गीत जब तारा गनेर लगायतका गीतलाई पनि दर्शकश्रोताले उति नै रूचाईएको थिए ।

वि स २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गित तिमी र म, यो माया त्यो माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम पनि निकालिसकेको छ ।

२० बर्ष अगाडि सम्पुर्ण युवाहरुको जनजिब्रोमा झुन्डिएको गीतलाई नयाँ प्रविधि, संगीत संयोजन फरक तरिकाले पुनःरिमेक फेरी पनि दर्शक सामु ल्याएको गायक तथा सर्जक प्रमोदले बताए ।

चर्चित गायक, संगीतकार एबं शब्द संकलन समेत प्रमोद निर्वाणको रहेको उक्त गीतलाई फिमेल भर्सनमा सरला बी.सी.ले नयाँ फेभरमा साथ दिएकी छिन ।

लामो समयपछि निकालिएको हुदाँ फेरी पनि सबैको दर्शक श्रोताको मन मस्तिष्कमा यो गीत ताजा बन्न सक्ने कुरा गायक प्रमोद बताउँछन् ।

थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेर दर्शकश्रोताको मन जित्न सफल अब्बल अभिनेता सागर लमसाल ‘बले’ , शिक्षा संग्रौला, कुशल बिष्ट र संजीता पाण्डेको अभिनय भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा निर्देशक निकेश खडकाको निर्देशन कथारहेको छ भने बुद्ध थापाको छांयाकन, विकास धमलाको सम्पादन रहेको छ ।

गोल्डेन मड क्रिएशनको प्रस्तुति रहेको भिडियोलाई बले इन्टरटेन्मेंटको यूट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *