मिस गुरुङ इन्टरनेशनल चौथो संस्करणको आवेदन खुल्ला

काठमाण्डौँ, भाद्र २७ । तेजनेपाल

मिस गुरुङ इन्टरनेशनलको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ ।

मृगतृष्णा फेसन हाउसको आयोजनामा हुन लागेको ‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का लागि देशको प्रमुख सहर काठमाण्डौ र अन्य शहरहरुका लागि पनि आवेदन खुल्ला गरिएको हो ।

प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताउनु भयो । उनका अनुसार असोज १६ गते काठमाण्डौँको न्युरोडको बिशाल बजारको माथिल्लो तल्लामा रहेको बेन्टो रेष्टुरेन्टमा हुँदैछ भने काठमाण्डौ भन्दा बाहिर अन्य शहरका आबेदकहरुसंग अनलाईन मार्फत असोजको १७ र १८ गते अडिसन लिइने भएको छ ।

बाहिर जिल्लाबाट अडिसन दिन चाहने र अन्य जानकारीका मिस गुरुङ इन्टरनेशनलको अधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने जानकारी आयोजकले गराउनु भयो ।

Official Page Link: https://www.facebook.com/missgurungintl/

‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का मा अडिसन दिएका मध्ये देशभरी बाट ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो कार्तिक महिनाको अन्त्यमा राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

सन् २०१४ देखि यो प्रतियोगिता सुरु भएको हो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताका विजेताले नगद १ लाखको साथै १० लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ । साथै, थाईल्यान्ड भ्रमणको पनि अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *