कमला जोशीको निर्माण तथा माधवराज खरेलको निर्देशनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त

काठमाण्डौं, भाद्र २७ । तेजनेपाल

नेपाली कथानक चलचित्र ‘चिठ्ठी’को आज शुभमुहुर्त गरिएको छ ।

चलचित्र निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि छायांकन सुरु गरिएको हो ।

काभ्रे तथा काठमाण्डौं उपत्यकाका रमणीय स्थानमा छायांकन गरिने चलचित्रमा कलाकारहरु संजित भण्डारी, श्रीदेव भट्टराई, नम्रता खरेल, शान्ति प्रिय, गोपाल ढकाल छन्दे, नवराज थापा, खड्ग बहादुर पुनमगर, मुस्कान लामा, पुष्कर राउत, अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता कमला जोशी हुन भने सह-निर्मातामा राजन थापा रहेका छन् ।

कमेडि र थ्रीलर जनरमा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक सन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मनपराउनेमा आफू विस्वस्त रहेको निर्देशक खरेलले बताए ।

चलचित्रमा जीवन पराजुलीको छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *