स्वार्थको अर्थ (अशोकका मन छुने लाईनहरु अध्याय-४)

काठमाण्डौँ, भदौ २८ | तेजनेपाल

समाजको अर्थ त्यो हो, जो हामीले ताते ताते गर्दादेखि बृद्धावस्थासम्म शिक्षा र साहारा लिने एक घर हो भने खुशी, माया र हिम्मत एक आपसमा बढाउने एउटा ठाँउ पनि हो । समाज बा, आमा, दिदीबहिनी, दाजुभाई, मामामाइजू, फूपू, अंकल लगायत थुप्रै साईनोले बाँधिएको एक बगैँचा हो । जहाँ आफन्तको माया छिमेकिको माया र खुशी एकअर्का बीच माया साटासाट हुन्छ । ओहो ! त्यो पो खुशीको एउटा सङगम होस त ।
बारिको पारीको त्यो स्कुल सानो छँदा क, ख A र B पढेको, अनि स्कुलको गुरुबा, साथीको माया, त्यो पारी खोलामा पौडि खेलेको सम्झना मेरा लागि त्यो एक स्वर्ग भन्दा कम थिएन ।

उमेर सानो थियो । त्येसैले होला सब चिज र व्यबहार राम्रो र सब मेरो आफ्न्ती सम्झन्थे । जब उमेर ठुलो हुँदै गयो समयसँगै आफुलाई शिक्षा दिने गुरु पनि आफ्नै रिस गर्ने भए । आफूलाई जन्म दिने बा आमाले पनि गुलाम जसरी व्यबहार गरे, आफन्ती पनि आफ्नै दुस्मनी भए ।आफ्नै साथी पनि आफ्नै रिस गने भए । आफ्नै परिवार पनि आफ्नै बन्धकि राखेको जस्तो एक निच ब्यबहार देखाउने भए ।

त्यसपछि मैले समाजको चित्रण गर्न विभिन्न पुस्तकहरुको अध्ययन गर्न पुगे । मैले गिता, बाइबल लगायत विभिन्न धर्म शास्त्रको अध्ययन गरे, जुनसुकै शास्त्र अनी गन्थ्र र धार्मिक तथा विभिन्न पुस्तकमा पनि आफूलाई अनुशासित बनाउने कुरा उल्लेख गरिएको छ । शास्त्रै पिच्छे फरक-फरक भगवान छ्न तर कुरा एउटा नै छ सबको । जहाँ मैले मानव भित्रको अनौठो आचरण बुझ्ने मौका पाए ।
अनि मैले यी कुरा बुझे

१) तिमीलाई जन्म दिने बाबा आमा भित्र पनि तिमीलाई हुर्काउन एक स्वार्थ हुन्छ । ताकी मेरो सन्तानले मलाई यो अर्थले माया र सङगै होस । स्मरण रहोस मित्र त्यस भित्र तिम्रो इच्छाको कुनै मतलब हुने छैन ।

२) तिमीलाई शिक्षा दिने गुरुलाई तब मान्नु जस्ले आफ्नो सन्तानको खुशीलाई होइन तिम्रो खुशीलाई पनि सहि मूल्याकंन गरि तिमीलाई एक असल मार्गमा लान सकोस । नत्र यहाँ कति गुरु गोरु समान छन तसर्थ आफ्नो गुरु हो या गोरु यो कलियुगमा चिन्न जरुरी छ ।

३) धर्मको कुरा गर्ने मान्छे धेरै देखिन्छ तर मानव भित्रको मानबतालाई चिन्ने मान्छे धेरै कम देखिन्छ । त्यसैले त हाम्रो समाजमा अझै पनि बोक्सी र दलितको नाममा छुवाछुत प्रथा कायम नै छ ।

४)यहाँ जग्गा एउटा को हुन्छ । बिज छर्ने एक किसान हुन्छ र बिचरा हलो जोति पसिना बगाउने अर्कै हुन्छ । अनि एक ब्यक्ती येस्तो आउँछ जसको केही देन नै छैन खाली आँखामा छारो हाली काममा खटिएका मान्छेलाई मालिक हुँ भन्ने दम्भका साथ गराको आलिमा बसेर यो भएन त्यो भएन भनेर गफ दिने अनि जग्गा मालिक सामु राम्रो हुने काम गर्छ । स्मरण रहोस् एक दिन जग्गा मालिकलाई पक्कै चेत आउने छ ।यदि नआए मालिक नै दुनियाँबाट पतन गराईने छ यहाँ ।
(आफ्नो सोच परिवर्तन गरौँ । जुन दिन यस पृथ्वीमा जन्म लियो त्यस बखत आफ्नो मृत्युको अबधि तय छ, तसर्थ खुशी हुनु सेवा गर्नु, जाने एक दिन सबैको हो चाहे आज हो या भोलि या कुनै एक दिन पक्कै त छ सब को ।

जय होस सबको

अशोक पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *