चर्चित गीत “घाँस काट्ने खुर्केर” का गायक बुद्धि कृष्ण लामिछानेको निधन

काठमाण्डौ, पौष १३ । “घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिँउ यो जोबन” भन्ने चर्चित गीतका सर्जक श्रस्टा गायक बुद्धी कृष्ण लामिछने ज्युको बिसं २०७५ पौष १३ गते अपराहनमा निधन भएको छ । गएका एक दशकबाट उनी प्यारालाइसीस भएर थला परेका थिए । यि पिढिमा बसेर,तिम्रो र मेरो मायाको लगायत उनका अन्य बिभिन्न चर्चित गीतहरु नेपाली समाजले अहिले पनि बिर्सिन सकेका छैनन ।
मह जोडीको चर्चित कमेडी थ्रिलर टेलीसिरियल ‘भूत’ मा एकताका यो गीत साह्रै चर्चित थियो । जब त्यस सिरियलका भूत यो घाँस काट्ने खुर्के आयो जोबन हुर्केर भन्दै आँउथे तब धेरैको मन डरले चिसो हुन्थ्यो । महका टेलीसिरियल र यो गीतको साथमा धेरै नेपाली मन अनि एउटा नेपाली पुस्ता नै हुर्केको छ । यस् घडीमा उनका शोक शान्तप्त परिवार प्रती हार्दिक समबेदना ब्यक्त गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *