कलेज अफ सेन्ट्रल स्टेटमा “महिला मैत्रीपूर्ण फुस्टल” (फोटो फिचर)

काठमाण्डौ, असार १३ (tejnepal.com) । बिगतका केही बर्षदेखी पढाई लगायतका अतिरिक्त कृयाकलापमा कलेज हाताभित्र मात्र नभई कलेज भन्दा बाहिर पनि सकृय रहेको कलेज अफ सेट्रल स्टेट, सोल्टिमोडले कलेज भित्र नै बिशेषगरी अहिलेका युवति छात्राका लागि भनेर “महिला मैत्रीपूर्ण फुस्टल प्रतियोगिता”को आयोजना गरेको छ । ‘यदी आफुले केही गरेर देखाउनु छ भने सुरुवात आँफैबाट किन नगरने’भन्दै कलेजका एकेडेमिक डाईरेकटर पुष्पराज भट्टराईले एस्तो कार्यक्रमहरु आयोजना गर्ने र थप तालिमको पनि व्यवस्था गर्दै जाने कुरा ब्यक्त गर्नु भयो ।


प्रतियोगिता कलेजका बिभिन्न बिज्ञान, व्यवस्थापन, मानविकी, होटेल म्यानेज्मेन्ट, बिजनेश, कम्प्युटर साइन्स तथा कानुन सँकायका छात्राको ७/७ जनाको समुहमा बिभाजन गरी सन्चालन गरिएको थियो जसमध्ये ५/५ जना मैदानमा उत्रिएका थिए भने बाँकी दुईजनालाई एक्स्ट्रा खेलाडीको रुपमा राखिएको थियो । बिभिन्न सकाँयको चरणबद्ध प्रतियोगिता पछी अन्तिम फाईनलमा बिज्ञान र मानविकी सँकायका छात्राहरुको २-१ को अन्तरमा खेल सकिएको थियो । खेलको निर्धारित समयमा बिज्ञान संकायबाट अनिता सोहानी र मानवकीबाट कोमोलिका थारुले १-१ को बराबरीमा सकिएको थियो । अन्तिम निर्णयका लागि पेनाल्टिमा बिज्ञान संकायको तर्फबाट रुसनी पौडेलले निर्णयक गोल गरेपछी बिज्ञान संकायले अन्तत: बिजय हासिल गरेको थियो ।

प्रतियोगिता कलेजका कार्यक्रम ब्यवस्थापक संगम रिजाल , रेफ्री प्रदिप कडेल तथा संचारकर्मी सुमन कुमार श्रेष्ठको निग्रानीमा सम्पन्न भएको थियो ।
सम्पूर्ण बिजेता छात्रालाई बधाई तथा शुभकामना दिदैँ पुरस्कार तथा मेडल बितरण कार्यक्रम भने एक कार्यक्रम आयोजना गरी प्रदान गरिने कुरा क्याम्पस प्रमुख रमेश घिमिरेले तेजनेपाललाई जानकारी गराउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram