नेपालकी चेली कलाकार नितुलाई भारतमा सम्मान

काठमण्डौ, चैत्र ४ (tejnepal.com) । गएको साता भारतको फरक फरक स्थानमा आयोजित कार्यक्रममा नेपालकी कलाकार तथा मोडेल नितु कोइराला गौतम सम्मनित भएकी छिन ।

उनलाई आर्टिष्ट इन्डियन आइकन अवार्ड 2020 र नारी रत्न अवार्डबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला,साहित्य र समाजमा बिशेष योगदान पुर्याउने बिभिन्न ब्यक्तीत्वहरुलाइ सम्मान गरिएको थियो ।


यसै क्रममा नेपालको प्रतिनिधित्व गर्दै भारत पुगेकी कलाकार तथा मोडेल नितु कोइराला गौतमलाई चाहिँ नेपालमा रहि कला र समाजसेवा गरे बापत उक्त सम्मान प्रदान गरिएको थियो । यो सम्मान पाउने नितु एक मात्र नेपाली चेली कलाकार हुन । आफू कलाकार हुनुमा र नेपाली चेली हुनुमा खुशी अनि गर्व महसुस गरेको कुरा उनले हामी सङगको कुराकानीमा नितुले बताईन ।

नितुले नेपालबाट कलाकारलाई निमन्त्रणा गरेर ARTIST INDIAN ICON AWARD 2020 दिनुहुने सबैलाई धन्यवाद र THE NEWS TODAY AND SP NEWS 24 का सबै परीवार लगायत नोर्मोदा दिदि लगायतलाई पनि हृदयदेखी नै धन्यवाद दिइन । हाम्रो तर्फबाट पनि नितु कोइराला गौतम जि लाई हार्दिक शुभकामना तथा बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *