सेतो मछिन्द्रनाथको रथयात्रा पनि स्थगित

काठमाण्डौ, चैत्र ७ गते (tejnepal.com) । कोरोनाका कारण सेतो मछिन्द्रनाथको रथ यात्रा पनि हाललाई स्थगित गरिएको छ ।

रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका-२५ का बडाध्यक्ष नीलकाजी शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरुसहित सरोकारवालको उपस्थितिमा बसेको बठकले स्थगित गर्ने निर्णय गरेको हो ।

यही चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भए पनि सरकारले २५ जनाभन्दा धेरै जमघट नहुन भनेकोले स्थिगित गरिएको संयोजक शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *