कोही अहोरात्र सेवामा, कोही फेसबुक र टिकटकमा

काठमाण्डौँ, चैत्र १७ तेजनेपाल
अहिले कोरोना भाईरसको संक्रमणले नेपालका अधिकांश मनिसहरु त्रसित छन । अहिले सम्म ५ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ भने अरु परिक्षणमा रहेका छन । कसैलाई शंका लागेमा तुरुन्तै आफ्नो नजिकको अस्पातलमा गएर कोरोना परिक्षण गराउन सक्ने कुरा सरकारले निर्देश गरिसकेको अवस्था छ ।

कोरोना संक्रमण फैलिने आशंकामा नेपालमा लकडाउनको अवस्थामा छ । लक्डाउन हुनु अगावै कती जना आफ्नो गाँउ फर्किए भने कतिपय यतै काठमाण्डौँ मै थन्केका छन । अहिलेको परिस्थितीमा सबैलाई समय बिताउन भने एकदमै मुस्किल रहेको अवस्था छ । तर पनि कोही फेसबुकमा कोही टिक्टक कोही इण्स्टा लगायतका बिभिन्न सामाजिक सन्जालमा ब्यस्त भएका छन भने कोही घरमै बसेर विभिन्न थरिका खाना बनाउने कोहि फ्लिम हेरेर समाया बिताउने आदी कुरामा ब्यस्त छन ।

तर यसबेला नेपालका स्वास्थ्य तथा सेवा क्षेत्रका व्यक्ती हरु भने अहोरात्र कोरोना संक्रमितको खोजी र त्यस्को उपचारमा खटिएको अवस्था छ भने अर्कातर्फ आर्मी, प्रहरी, ट्राफिक लगायतका सेवाप्रदायक भने लकडाउनमा सकेसम्म सबै घरमै सुरक्षित रहुन भन्ने उद्देश्यले आफ्नो ड्युटी पालना गरिरहेका छन ।

राष्ट्रिय तथा स्थानिय सरकारी निकायले पनि यती बेलामा सर्वसाधारणलाई आईपरेका बिभिन्न समस्यालाई सम्बोधन तथा कार्यान्वन् गरिरहेको अवस्था छ ।
जे जस्तो भएपनी यो अवस्थामा सबै एकजुट भएर यस्तो अवस्थालाई साधारण अवस्थामा ल्याउन सके आँफैमा एउटा उदाहरण हुन्थ्यो । त्यसैले सकेसम्म सबैले हातेमालो गरेर यो समयमा एकअर्कालाई सहयोग गरौ र सावधानी अपनाऔ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram