चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेवुढा’लाई जन्मदिनको शुभकामनाको ओइरो

काठमाण्डौँ, चैत्र २८, तेजनेपाल
नेपाली सिने जगतका चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने वुढाको आज जन्मदिन हो । सानैदेखी दुखपिडाहरुलाई छिचोल्दै सफलताको शिखरमा पुग्ने थोरै व्यक्तिहरु मध्येमा एक उनलाई आज(चैत्र २८)का दिन जनमदिनको शुभकामना ओइरो आईरहेको छ ।

चर्चित हास्य टेलि श्रंखला “मेरी वास्सै”द्वारा माग्ने बुढा’को उपनामले चिनिएका उनी आजभोली चलचित्र क्षेत्रमा निकै नै व्यस्त छन । सीताराम कट्टेल उर्फ धुर्मुससंग सहकार्य गर्दै चर्चाको शिखरमा पुगेका माग्नेवुढा आजकल दीपकराज गिरी र दीपाश्री निरौलाको क्याम्पका एउटा क्याप्टेन नै हुन् ।

छक्कापञ्जा सिरिजलाई चलाउन दीपक-दीपाको जति भूमिका छ, माग्ने वुढाको अभिनयको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहेको कसैले नकार्न सक्दैनन । छक्कापञ्जा सिरिज हेर्न आउने दर्शकका मुखमा एउटा मात्रै कुरा झुण्डिएको हुन्छ, हामी माग्नेवुढाको अभिनय हेर्न आएका हौं । आज माग्ने वुढाका प्रशंसक र कलाकारहरुले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका छन् ।

चर्चित हास्य कलाकार दीपकराज गिरी लगायत थुप्रै कलाकार, प्रंशसकहरुले सामाजिक सञ्जालमा माग्ने बुढालाई उनको जन्मदिनको शुभकामना दिईरहेका छन । कलाकार दीपकराज आफ्नो फेसबुकबाट शुभकामना दिंदै–आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए । त्यस्का बाजे, अत्यन्त खुशि भएर कतिजनालाई त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान, खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन । ठिकठाक परिवार थियो । छोरो भबिष्यमा डाक्टर होला, इन्जिनियर होला भनेको छोरो त ठूलो भएर माग्ने पो भयो । “ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो । तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो । आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए, सीतादेबीले असल पति पाइन । तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ । अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा, त्यसैले आजको दिनमा माग्ने बूढालार्इ भन्दा पनि उसलाई जन्म दिने बुबा आमालाई धन्यवाद छ । नमन छ । प्रिय भाइ, साथी, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौलाख शुभकामना, अझै धेरै उन्नति, प्रगतिको कामना गर्दछू । जय शम्भो ।” भनेर आफ्नै रमाइलो शैलिमा जन्मदिनको शुभकामना आइरहेका छन ।
हामी र हाम्रो सम्पूर्ण शुभचिन्तकको तर्फबाट पनि आदरणीय दाजु केदार घिमिरे “माग्ने बुढा”लाई जन्म दिनको धेरै धेरै शुभकामना । जय राष्ट्र , जय कलाकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *