एनआईसी एशियाको २०७७ को क्यालेन्डर सार्वजनिक

काठमाण्डौँ, वैशाख १ तेजनेपाल
एनआईसी एशिया बैंक लिमिटेडको नयाँ वर्ष ०७७ सालको विविध गतिविधी उल्लेखितi क्यालेण्डर सार्वजनिक गरेको छ । क्यालेण्डर टेबुल पात्रो तथा भित्ते पात्रो गरी दुई थरिको सार्वजनिक गरिएको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सो क्यालेण्डरहरु सार्वजनिक गरेका हुन् ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा समेटेको छ । यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।

सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैकले यो पात्रो सार्वजनिक गरेको हो ।

बैंकले ग्राहकहरुको सेवाको लागि मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै बसेर निःशुल्क रूपमा बिल तिर्न सक्ने व्यवस्था समेत गरेको छ ।

उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्न सकिने सुविधा पनि बैंकले दिएको छ । बैँकले ग्राहकहरुको सुविधाका लागि कुनै सेवा लिए बापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *