कोरोना आयो, सुनसान शहर, सचेत हुनु भन्दै फेसबुक लाइभबाट सन्देश दिदै बीरेन्द्र मालाकार”सहयात्री”

काठमाण्डौँ, वैशाख ४
गजलकार, बाचक र गायक बीरेन (बीरेन्द्र)मालाकार “सहयात्री” बहुप्रतिभाका धनी हुन । धापाखेल, ललितपुर स्थायी बसोबास गर्ने बिरेन शिक्षण पेशामा आबद्ध छन । उनी अंग्रेजी भाषाका प्रशिक्षक पनि हुन । केही वर्ष अघिदेखि स्मल वर्ल्ड ओपन ईन्स्टिच्युट सञ्चालन गरिरहेका उनी त्यँहाका प्रबन्धक निर्देशक हुन जुन ईन्स्टिच्युट कोटेश्वरमा प्रहरी चौकी पछाडि अवस्थित छ ।
शिक्षण पेशामा आवाद्ध भएसंगै उनी लेखन कला क्षेत्रमा पनि अब्बल छन र समय समयमा विभिन्न ठाउँमा हुने कवि सम्मेलन र गोष्ठीमा पनि समावेश भईरहन्छन । उनी नेपाली साहित्य, धरहरा मेरो पहिचान फेस बुक साहित्यिक ग्रुपको संस्थापक एडमिन पनि हुन । उनले २०७५ साल जेठ ४ गतेबाट फेसबुकबाट लाईभ गजल शुक्रबार भाग- १ सुरु गरिरहेछन । फेसबुक लगायत उनले आफ्नै युटुब च्यानलबाट पनि आफुले लेखेको कविता, गजल मुक्तक वाचनका भिडियोहरु बेलाबेलामा सार्वजनिक गरिरहन्छन । उनले भाग ३७ देखि स्मल वर्ल्ड टि.भी युटुब च्यानलबाट लाईभ प्रस्तुति पनि दिईरहेका छन । भाग ४६ देखि रेकर्ड गरेर उनले युटुब च्यानलबाट हालसम्म बिभिन्न भाग आएको र अब शुक्रबार १००औ भाग आउने कुरा तेजनेपाललाई बताए ।
अहिलेको कोरोना महामारी र यससंग सम्बन्धित सन्देशमुलक लेख रचनाहरु पनि उनले आफ्नो युटुब च्यानलको भाग ९८ र ९९ मा राखेको बताए । त्यस मध्यकेही यहाँ प्रस्तुत गरिएको छ ।

गजल

यसै त्यसै मान्छेहरुलाई मार्दैन कोरोनाले
सचेत हुनुपर्छ र आतंक झार्दैन कोरोनाले

घरीघरी साबुन पानीले हात धुने गर्नु पर्छ
बेवास्ता गर्यो कि हिम्मत हार्दैन कोरोनाले

हाछिउ गर्दा मुख छोप्नु नाक नकोट्याउनु
त्यतिकै रोगको संक्रमण पार्दैन कोरोनाले

सकेसम्म भिडभाड गर्नु हुदैन यस्तो बेला
कुनै पनि जात धर्म लिङ्ग बार्दैन कोरोनाले

एक जुट भएर हामीले निर्मुल गर्न सक्छौ
साबधान हुन सक्दा रोग सार्दैन कोरोनाले

बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

मुक्तक

कोरना आउदैमा नआत्तिनु होला
लाग्दैन रोग भन्दै नमात्तिनु होला
सत्य तथ्य बुझेर मात्र प्रचार गरौं
धैर्य गर्नु यतिबेला नतात्तिनु होला

बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

हाईकु
कोरना आयो
सुनसान शहर
सचेत हुनु।

बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

मुक्तक
लापरबाही गर्दा सार्न सक्छ कोरोनाले
तपाईं हामीलाई मार्न सक्छ कोरोनाले
जहाँ जस्तो अवस्थामा छ त्यसै बस्नु
बस्ती नै सखाप पार्न सक्छ कोरोनाले

गजल
घर घरमा बसेर नयाँ बर्ष मनाऔं सबैले
जसोतसो गरी परिवारमा रमाऔं सबैले

शुभकामना छ सम्पुर्ण नेपालीलाई मेरो
सबै संग आत्मीय नाता लगाऔं सबैले

रक्षा गरून् देवी देउताले पनि हामीलाई
आफू बाचेर अरुलाई नि बचाऔं सबैले

पैसा र बलको केही शक्ति लाग्दैन रहेछ
अहिले सहयोगी भावना जगाऔं सबैले

छैन मरेर लानु केही बाचुन्जेल चाहिन्छ
मनोरञ्जन गर्दै दिनहरु कटाऔं सबैले

बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

गजल
स्वास्थ्य नै धन हो स्वस्थ रहेमा कमाउन सकिन्छ
बाचिएछ भने त सुन्दर जीवन सजाउन सकिन्छ

हजारौंको ज्यान लिदै छ लापरबाहीको कारणले
अनुशासनमा रहे सबैको ज्यान बचाउन सकिन्छ

माहामारी भाईरसलाई सबै मिलेर निष्क्रिय पारौं
गाउँ,शहर,देशबाट कोरोनालाई हटाउन सकिन्छ

सचेत हुनुस् आफू बाचौं र अरुलाई पनि बचाऔं
लक डाउनमा बस्दै स्वस्थ ठाउँ बनाउन सकिन्छ

कुनै तनाव लिनु हुदैन डर त्रास मरिन्छ कि ठान्दै
मनोरञ्जनमा लाग्दै तनावलाई धपाउन सकिन्छ

बीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *