आमिर खान आफुले आटामा १५ हजार राखेर नदिएको खुलाए

काठमाण्डौ, वैशाख २२ तेजनेपाल
एजेन्सी, केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयो जसमा आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका एक-एक किलोका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।

सोशल मीडिया यो पोस्ट भाइरल बन्यो । नेपालमा पनि उक्त खबर सनसनी बन्यो । आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीको टीप्पणी समेत भए । तर यो खबरको यथार्थ बाहिर आएको छ ।

आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।

आमिरले ट्वीटमा लेखेका छन्, ‘साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ’ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *