बर्षा र दिपकराजको टिकटक भाइरल गीत

काठमाण्डौ, वैशाख २२ तेजनेपाल
चर्चित नायिका वर्षा सिवाकोटी अभिनित गीतकार दिपकराज पाठकको नयाँ गीतको म्युजिक भिडियो ‘तिम्रो दिलको चाबी’ले अहिलेको लकडाउनको समयमा केही थप मनोरन्जन दिने साथै टिकटकमा धेरैले रुचाएको तथा यो समयमा पनि अर्गानिक दर्शक पाएको स्वयम दिपकराज पाठकले तेजेनेपाललाई बताउनु भयो । अहिलेको समयको सदुपयोग गर्दै नयाँ नयाँ सिर्जनामा ब्यस्त भएको र सबैले केही नयाँ कुरा सिक्नुपर्ने सुझाव दिदै यस्को सही सदुपयोग गर्न आग्रह पनि गर्नु भयो ।

दुई दशकदेखि नेपाली गीत सङ्गीतमा अनवरत रुपमा लागि रहेका बहुप्रतिभाका धनी मिलनसार सबैलाई समान व्यबहार गर्ने अझ साच्चै भन्दा पर्दा अगाडी पछाडीका सम्पुर्णलाई समान माया दर्साउने बहुआयामिक प्रिय गीतकार, कलाकार, निर्देशक साथै समाजसेवि दिपक राज पाठकको हरेक गीतले जनमानसको हृदयमा छुन सफल छ ।

म्युजिक भिडियोलाई स्वयम गीतकार दीपकराजले नै निर्देशन गरेका हुन । गीतमा संगीत र एरेन्ज संगीतकार बिपिन आचार्यको रहेको छ भने गीतमा गायिका माण्डवी त्रिपाठी र राजन श्रेष्ठकोआवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी लगायत मोडल बिजु पार्कीलाइ फिचर गरिएको छ जसमा प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको छ । भिडियोमा बासु बरालले छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *