गायिका अञ्जु पन्तद्वारा लकडाउनका कारण भोकै बसेकालाई निशुल्क खाना

काठमाण्डौ, बैशाख २७ तेजनेपाल
कोरोना संक्रमणको त्रासका कारण अहिले देश लकडाउनको अवस्थामा छ । सरकारले लकडाउन केही खुल्ला गरे पनि यसबाट धेरैको दैनिकी जनजीवनमा धेरै असर परीरहेको छ । बिशेषगरी लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाऊनु पर्ने विपन्न परिवारलाई छाक टार्न मुस्किल हुँदै गएको अवस्था छ ।

बहुचर्चित गायिका अञ्जु पन्तले लकडाउनकै समयमा समस्या परेर भोकै बस्न बाध्यता भएकाहरुलाई निशुल्क खाना बितरण गरेका छन् । राजधानीको विभिन्न स्थानमा निशुल्क खाना खुवाउँदै गायिका पन्तले लेखेकी छन् :

कोरोना कहरः डरले घर बस्न भन्दा भोकको आगोले
कर लाग्यो । लामो समयको लकडाउनले छट्पटिएका भोको पेटहरुलाई खाना खुवाउने हाम्रो प्रयासमा विभिन्न १२ स्थानमा एक हजारलाई खाना वितरण गर्न सकेका छौँ । सहकार्य गर्ने सबैमा धन्यवाद् अब हजुरहरु पनि आउनुस हातेमालो गरौ , सबै मिलि सहायता गरौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *