रुसमा एकैदिन १० हजार नयाँ कोरोना संक्रमित, भयावह बन्दै स्थिति

काठमाण्डौँ, वैशाख २७ तेजनेपाल

एजेन्सी, विश्वभरी नै कोरोनाको कहर भैइरहेको बेला रुसमा एकैदिन दश हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा रुसमा दश जहार ८१७ कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै रुसमा कोरोना संक्रमितको संख्या २ लाख नजिक पुगेको छ। त्यहाँ हालसम्म १ लाख ९८ हजार ६७६ जनामा कोरोना पुष्टि भएको छ।

यीमध्ये १० हजार ८१७ को मृत्यु हुँदा ३१ हजार ९१६ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय रुसमा कोरोना संक्रमित तिव्र गतिमा बढिरहेका छन्। केहीहप्ता अगाडिसम्म कोरोना प्रभावित देशको सूचीमा रुस निकै तल थियो।

यतिबेला कोरोना प्रभावित राष्ट्रको सूचीमा रुस पाँचौ स्थानमा उक्लिएको छ। तिव्र गतिमा कोरोना फैलिएसँग रुसमा अवस्था भयावह बन्ने खतरा भएको विश्लेषण हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *