आरडिटी क्रममा प्यूठानका दुई जनामा पोजिटिभ

काठमाण्डौँ, बैशाख २७ तेजनेपाल
प्यूठान, कोरोनाको विश्वमा बढेसंगै नेपालमा पनि यसको संक्रमण बढीरहेको अवस्था छ । जे जती परिक्षाण हुनुपर्ने त्यती नभएको विज्ञहरु भनाइ छ ।
र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडिटी) टेस्टकै क्रममा प्यूठानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। प्यूठान नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुलाई १४ दिनपछि घर पठाउने क्रममा रिपोर्ट पोजिटिभ देखिएको छ ।

२१ र ४३ वर्षका ती यूवाको पिसिआर चेकजाँचका लागि बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । दुवै जना व्यक्ति प्यूठान नगरपालिका क्षेत्रका हुन्। आरडिटी पोजिटिभ देखिएपछि उनीहरुलाई छुट्टै कोठामा राखिएको छ। उनीसँगै बसेका अन्य तीन जनाको रिपोर्ट नेगेटिभ देखिएपनि स्वाव चेकजाँजका लागि पठाउने तयारी भएको सुवेदीले जानकारी दिए । आरडिटीमा पोजिटिभ देखिदैमा आत्तिनु नपर्ने सुवेदीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *