लकडाउनमा “एकछिन देउ” भन्दै संगीतमा रमाउदै नेपालका चर्चित संगीतकर्मी

काठमाण्डौँ, बैशाख २७ तेजनेपाल
कोरोना कहरका कारण देश अहिले लकडाउनमा परेको ४७ दिन भईसकेको छ । विश्वमा कोरोनाको त्रास फैलीरहेको बेलामा लक्डाउन हुने क्रममा नेपालमा पनि चैत्र ११ गतेबाट लक्डाउन घोषणा भएको हो ।
लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएसंगै नेपालको संगीत क्षेत्रमा पनि प्रत्यक्ष असर गरिरहेको छ । यो समयमा धेरै गीत संगीत, म्युजिक भिडियो लगयतको निर्माण, प्रदर्शनमा ब्यस्त रहने सबै कलाकर्मीहरुको दिनचर्या नै बद्लिएको छ । तर बाध्यता क्वेरन्टाइनमै बसेर सबैले आ-आफ्नो रक्षा गर्नुपर्ने अवस्था छ । तर संगीत साधनाको मोह घट्दो छैन संगीतकर्मीहरुलाई, जे जसरी सकिन्छ उपाय खोजी खोजी पनि आफ्नो सिर्जनालाई दर्शकश्रोता माझ पस्कन हरदम तयार छन ।

लकडाउनमै क्वेरन्टाइनमा बसेर आफ्नो सिर्जनालाई जुनसुकै रुपमा अभिब्यक्त गर्ने नेपालका चर्चित संगीतकर्मीमा जेम्स प्रधानको नाम अघी आउछ । गायक, संगीतकार, एरेन्जर, साउण्ड इनजिनियर, भिडियो मेकर लगयत बुहुप्रतिभाका धनी हुन उनी । थुप्रै विज्ञापनहरुमा उनको सिर्जना र स्वर सुन्न सकिन्छ आजभोली । उनै बहुप्रतिभशाली जेम्स प्रधानद्वारा आफ्नो युटुब च्यानलबाट सधैं झै बन्ने भन्दा अली फरक खालको भिडियो रिलिज गर्दै आईरहेका छन ।

केही समयअघी मात्र नेपालका अर्का चर्चित गायक योगेश्वर अमात्यद्वारा स्वरबद्ध चर्चित गीत “क्या बोर” भयोको भिडियोले निकै चर्चा कमएको थियो । क्वेरन्टाइनमा घरमै बसेर सबै दिग्गज संगीतकर्मीहरुले मिलेर सो भिडियो तयार परेका थिए जस्लाई थुप्रै दर्शकहरुले अत्यधिक मनपराएका थिए र युटुबमा पनि केही दिनमा नै यसको भिउ सोचेको भन्दा धेरै आयो । भिडियोमा जेम्स प्रधान, चर्चित गायक योगेश्वर अमात्य लगयात नेपालका चर्चित संगीतकारका रुपमा चिनिने तथा हाल चर्चित सिङगिङ रियालीटी शो नेपाल आईडलका मुख्य निर्णायक न्ह्यु बज्राचार्य, चर्चित प्रीकसनिस्ट सुन्दर महर्जनलाई देख्न सकिन्छ ।

उहाहरुको सहभागीतासंगै नेपालका अर्का चर्चित भेट्रान गीटारिस्ट एरेन्जर गोपाल रसाइलीमिली पुन: दोश्रो भिडियो सार्वजनिक गरिएको छ । मलाई एकछिन देउ’बोलको उक्त गीतको भिडियो तयार पारी बजारमा ल्याइेको छ । प्रस्तुतु गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठ हुनुहुन्छ । गीतलाई न्ह्यू बज्राचार्यले संगीत दिनु भएको छ भने यस भर्जनमा वहाँ लगयत जेम्स प्रधान र योगेश्वर अमात्यको स्वर रहेको छ। दर्शक श्रोताकै मनोरञ्जनको लागी उक्त भिडियो तयार पारीएको जानकारी उहाँहरुले संयुक्त रुपमा दिनु भयो । अहिले उक्त भिडियोलाई गायक तथा संगीतकार जेम्स प्रधानको आफ्नै युटुब च्यानल मार्फत अपलोड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *