लकडाउनको मौका छोपेर रोमान्स गर्दै एडभेन्चर स्टार गौतम खाती

काठमाण्डौँ, बैशाख ३० तेजनेपाल
कोरोना कहर बढिरहेको बेलामा मानिसहरु घरमै लकडाउनको अवस्थामा छन । लकडाउनले गर्दा अहिले रंगीन दुनियाँ ब्ल्याक एण्ड व्हाईट झैँ भएको छ । यही बेला चर्चामा रहेका एडभेन्चर स्टार गौतम खाती भने भिडियोमा रोमान्स गर्नमा व्यस्त छन ।
हालै रिलिज भएको नयाँ म्युजिक भिडियो “कुन तराजुले जोख्यो मलाई”मा उनी दुईजना मोडेल अलिशा बँजगाई र मेनुका थापासंग रोमान्स गर्दै गरेको हेर्न पाईन्छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियो आजै युटुब च्यानल मार्फत रिलिज भएको छ । श्रीमान श्रीमतीको सुमधुर सम्बन्धमा तेस्रो स्त्रीको आगमनपछी के केस्ता बाधा अडचन आँउछ भन्ने कुरालाई समेटन खोजिएको उक्त भिडियोलाई निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन ।

काठमाण्डौंको मनोरम दृश्य देखिने चोभार आसपासमा गरिएको उक्त भिडियोलाई केशब बि क र बिनोद बिष्टले सयुँक्त रुपमा छाँयाकन गरेका हुन भने मेकअप सन्ध्याको रहेको छ । भिडियोलाई बिष्णु खडकाले सम्पादन गरेका छन ।

“कुन तराजुले जोख्यो मलाई” बोलको उक्त गीतमा अनु चौधरीको स्वर, जीवन लुइटेलको रचना र पुष्कर सुनुवारको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *