लकडाउन कायमै राख्ने उच्चस्तरीय समितिको निर्णय

काठमाण्डौं, जेष्ठ ४ तेजनेपाल
लकडाउनको ५५ औं दिन आजसम्म आईपुग्दा सम्म नेपाल कोरोना संक्रमणको अवस्थामा भने कुनै सुधार आएको छैन । सरकारले चैत ११ देखि लकडाउन गरेपछी पनि नेपालमा कोरोनाको संक्रमण देखिने क्रम भने रोकिएको छैन । आइतबारसम्म नेपालमा कोरोना संक्रममितको संख्या २९२ पुगेको छन् भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ पुगिसकेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको छ ।
यस्तै क्वारेन्टाइनस्थल थप गर्दै लैजाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।

आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ । सरकारले लागू गरेको लकडाउनको समय भोली जेष्ठ ५ गते सोमबारबाट सकिदै छ ।

जनसंख्या स्वास्थ्य मन्त्रालयले जनाए अनुसार हाल्सम्म नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । भने आज दिउंसोको तथ्यांक अनुसार कुल सक्रमित सँख्या २९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *