लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा मन्त्रीपरिषदद्वारा स्वीकृत

काठ्माण्डौँ, ज्येष्ठ ५ तेजनेपाल

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा पेश गरेको थियो। मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्। नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ। भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो ।

यस्तै केही दिन अगाडि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलको मुद्दा नेपालले अन्य कसैको इशारामा उठाएको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा व्या’पक वि’रोध हुँदै आएको छ । उनको अभिव्यक्ति नेपाललाई यो विषय नउठाउन अप्रत्यक्ष चेतावनी दिएको निष्कर्ष समेत निकालिएको छ ।यता नेपाल सरकारले अहिले मि’चिएको भूभाग नजिक क्याम्प खडा गरेर सशस्त्रको एउटा टो’ली ख’टाएको छ भने नि’कट भविष्यमा नेपाली सेना नै ख’टाउने तयारी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram