काठमाडौं उपत्यकामा गरियो ३ हजार बढीको कोरोना परिक्षण, ७८ जनामा आरडिटी पोजेटिभ

काठमाण्डौं, जेष्ठ ६ तेजनेपाल
नेपालको केन्द्रबिन्दुको रुपमा रहेको देशको राजधानी काठमाण्डौ उपत्यकाका क्षेत्रहरुलाई केन्द्रित गरी ३ हजार बढीको कोरोना परीक्षण गरिएकाे छ ।

आज गरिएको परिक्षणमा ७८ जनामा आरडिटी पोजेटिभ देखिएकाे छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार, गोंगबु नयाँ बसपार्क, भृकुटीमण्डप र सरसफाइ सेन्टर लगायतका स्थानमा गरी २ हजार २ सय ३६ वटा आरडिटी र १ हजार १९ वटा पीसीआर परीक्षणमा अहिलेसम्म ७८ जनामा आरडिटी पोजेटिभ देखिएको बताइएकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कालिमाटी क्षेत्रमा गरिएको ७ सय वटा आरडिटीको नमुना परीक्षणमा ३ वटा पोजेटिभ रिपोर्ट आएको र पीसीआर विधिबाट गरिएका ३३४ वटाको परीक्षणमा भने सबै रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिनुभयाे ।

त्यस्तै, सरसफाइ सेन्टरमा गरिएको ६६४ वटा आरडिटी परीक्षणमा ३१ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यहाँ गरिएको २६७ वटा पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ भने गोंगबु क्षेत्रमा गरिएको ४२० आरडिटी परीक्षणमा १५ वटा रिपोर्ट पोजेटिभ आएको छ ।

१७२ वटा पीसीआर रिपोर्ट भने आउन बाँकी रहेकाे बताइएकाे छ । भृकुटीमण्डपमा ४५२ वटा आरडिटी परीक्षणमा ३२ वटा पोजेटिभ आएको छ । त्यहाँ गरिएको २४६ पीसीआर रिपोर्ट पनि आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *