स्थानीय तहलाई गृह मन्त्रालयको पत्र: कोरोना परिक्षण प्रमाणपत्र नलिई उपत्यका छिर्न नपाइने

काठमाण्डौँ, ज्येष्ठ ८ तेजनेपाल
कोरोना संक्रमण बढदै गएको अवस्थालाई मध्यनजर गर्दै बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा बिशेष कडाई गर्दै गृह मन्त्रालयले बिभिन्न जिल्लाका
सम्बन्धित स्थानीय तहलाई कोरोना भाइरस (कोभिड १९)को र्यापिड टेस्टको प्रमाणपत्र भए मात्र काठमाडौं उपत्यका प्रवेशका लागि अनुमति दिने भन्दै परिपत्र जारी गरेको छ ।

अत्यावश्यकबाहेकका कुनै पनि चिजलाई सहज नहुनेगरी यस्ता परिपत्र कार्यान्वयनको पृष्ठभूमी भने १ जेठमा गृहमन्त्री रामबहादुर थापा बादलसहित स्थानीय तहका प्रमुख उपप्रमुखको बैठकबाट गरिएको निर्णय हो ।

बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न परिपत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *