निर्मल सुब्बाको लिम्बु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौँ, ज्येष्ठ ८ तेजनेपाल
आफ्नो भाषा संस्कृतिको माया कसलाई पो नहोला र, बिभिन्न जातिको आ-आफ्नै भाषा संस्कृति हुन्छ । कतिपय जातिको भाषा लोप भैसकेका छन् भने कतिपयले आफ्नो भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि जुटिरहेका छन् ।

यसै सिलसिलामा पछिल्लो पटक गायक निर्मल सुब्बाले लिम्बु भाषाको गीतको भिडियो गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा लिम्बु कला, संस्कृतिलाई झल्काउँने प्रयास गरेका छन् निर्देशक लोकेन साँवाले ।

“पकन्दी चानु वासी ना आहा छुईया हा” अर्थात ‘मायाको कुरा गरौ कि’ बोलको गीतका संगीतकार अशोक लोहरुङ राई हुन् । गायक सुब्बालाई गायिका श्रेयाशी चेम्जोङले स्वरमा साथ दिएकी छन् । आफु रहरले गाउँने भएकोले यो गीतले श्रोताको मन नित्न सफल हुनेछ भन्ने आशा गायक सुब्बाले लिएको छन् ।

भिडियोमा के साङ्ला चलचित्रका नायक भीम तुम्बाहाम्फे र नायीका सुक्मिता केरुङको जिवन्त अभिनय देख्न सकिन्छ । सब्द कल्पना आङ्बुहाङ, क्यामेरा भुपेन्द्र तुम्बाहाम्फे, सम्पादन अनिल रानाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram