भारतीय मिडिया नायिका मनिषा कोइरालाविरूद्द खनिँदा नेपाली कलाकार मनिषाको पक्षमा

काठमाण्डौँ, ज्येष्ठ ८ तेजनेपाल
नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्सा जारी गरे लगत्तै नायिका मनिषा कोइरालाले सो निर्णयको समर्थन गरेकी थिइन् । जसप्रती आपत्ती जनाउदै भारतीय मिडियाहरु तथानाम भने पछी नेपाली कलाकारहरुले भने उनकै पक्ष लिएर बिभिन्न तर्क गर्दै उनको पक्षमा उभिएका छन् ।

सोही विषयलाई लिएर भारतीय मिडिया कोइरालाविरूद्द खनिँदा नेपालका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दीपाश्री निरौला र जितु नेपालले पनि मनिषाको समर्थन गरेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफु भूगोलको विद्यार्थी भएको भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको यथेष्ठ प्रमाण रहेको बताए। उनले आध्यातमिकतामा विश्वास गर्ने नरेन्द्र मोदीले प्रधानमन्त्री रहेका बेला नाकाबन्दी गरेको पनि स्मरण गरे । उनले भारतीय मिडियामा बौद्दिकता नभएको भन्दै नायिका कोइरालाले सत्यको पक्षमा बोलेको बताए ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतको मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएको बताए । ‘मनिषा कोइरालाले देशको पक्षमा जे बोल्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँले मोह र डर त्यागेर जुन साहस गर्नुभयो, सबै नेपालीले उहाँलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ।

त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले नायिका कोइरालाले बोलेर राम्रो काम गरेको बताइन् । उनले कांग्रेस नेता डा मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेको भन्दै प्रशंसा गरिन् ।

अर्का कलाकार जितु नेपालले भारतीय मिडिया देख्दा दया लागेर आएको बताए । नायिका कोइरालाको पक्षमा आफुहरू सदैव रहेको पनि उनले बताए ।

साभार: पहिलापोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram