फेरि नेशनल रेकर्ड बनाउने तयारी गर्दै एड्भेन्चर स्टार गौतम खाती(बिशेष कुराकानी)

काठमाण्डौँ, ज्येष्ठ ९ तेजनेपाल

एड्भेन्चर स्टारका उपनामले देश बिदेशमा ख्याति कमाएका गौतम खाती छिट्टै नै आफ्नो नयाँ नयाँ “एड्भेन्चर शो” लिएर आफ्नो दर्शक तथा शुभचिन्तक माझ प्रस्तुत हुँदैछन । यस् कार्यक्रम उनी मात्र नभई संसारभरिमै ख्याति कमाउन सफल अन्तर्राष्ट्रिय एडभेन्चरिस्टहरुसंग सहकार्य गर्ने र अहिलेसम्मकै खतरनाक स्टण्ट तथा चमत्कार देखाउने दाबी गर्दै दर्शकको मन जित्ने कुरामा आफु ढुक्क रहेको कुरा एड्भेन्चर स्टार खातीले बताए ।
एड्भेन्चरसंगै मोडलिङमा पनि लागेका स्टार खातीसंग तेजनेपालले गरेको बिशेष कुराकानी:

लकडाउनको समयमा आफ्नो दिनचर्या र लकडाउनपछिको भावी योजनासंगै तेजनेपालले एड्भेन्चर स्टार गौतम खातीसंग गरेको बिशेष कुराकानी:

🍁फेरि नेशनल रेकर्ड बनाउने तयारी गर्दै 🍁कोरोना को कहर पछि , अन्तर्राष्ट्रिय एडभेन्चरिस्ट हरु संग सहकार्य गर्दै , एडभेनचर को New Episode मा तपाई हरु माझ चाडै आउदैछु 🙏 प्रतीक्षा रहनुहोस 🙏

Gepostet von Gautam Khati am Donnerstag, 21. Mai 2020

तेजनेपाल: अहिले यो लकडाउनको समयमा के गर्दै हुनुहुन्छ?
एडभेनचर स्टार:लकडाउनको समय घरमा परिवारसंग बिताउने मौका मिलेको छ, यसमा म र परिवारलगायत सबै खुशी पनि छौँ । त्यो बाहेक आफ्नो स्वास्थ्यको लागि पनि व्यायाम गर्ने, स्कुलको अनलाइन करातेको कक्षा लिने र बाँकी समय पत्र पत्रिका पढेरै बित्दै छ ।

यस्तो खतरनाक काम नै किन ?
खतरासंग खेल्नु नै मेरो काम हो । कुनै पनि पनि साहसिक काम गर्दा जोखिम त भईहाल्छ नि, तर जोखिम मोलेर खेलिने खेलबाट पाएको सफलताले नै मलाई थप उर्जा र खुशी मिल्छ ।

मोडलिङ पनि गर्नु हुन्छ रे?
हो, म मोडलिङ पनि गर्छु ।

मोडलिङमा लाग्नु भाको छ र ह्याण्डसम पनि हुनुहुन्छ, केटी फ्यान फलोअरले कतिको पछयाउँछन, के भन्छन ?
यो सबै त वँहाहरुको माया हो, जसले मलाई आज यो स्थानसम्म पुर्याउन मद्दत गर्नुभयो ।
अँ, फेसबुकको म्यासेन्जरमा म्यासेज गरेर मेरो बारेमा जान्न बुझ्न खोज्नुहुन्छ, कसैकसैले ठाडै फोन गरेर प्रपोज(प्रस्ताव) गर्दा अलि झस्किन्छु, तर मलाई माया गर्ने सबै उमेरका केटा, केटी दर्शकहरुलाई म उत्तिकै माया र सम्मान गर्छु ।

मोडलिङ र एड्भेन्चरमा एक रोज्नु पर्दा कुन रोज्नु हुन्छ ? किन ?
म एड्भेन्चरलाई नै रोज्छु । कराते खेलको पृष्ठभुमिबाट आएको कारण आज म जति पनि ठुल-ठुला कार्यहरु गरिरहेको छु, यस् ठाँउसम्म आईपुग्नको लागि सबै उर्जा एड्भेन्चरले नै दिएको छ र यसलाई आफुले सकेसम्म निरन्तरता दिन्छु र भावी पुस्तालाई पनि यसको ज्ञान दिनेछु ।
मोडलिङ भनेको एउटा समयको लागि मात्र हो तर यो भन्दैमा मोडलिङलाई पनि चटक्कै छाडदिन दुवैलाई समय मिलाएर संगै लैजाने प्रयास गरिरहनेछु । तर निरन्तरता भने एड्भेन्चरलाई नै दिनेछु ।

परिवारको कतिको सपोर्ट छ?
मलाई आजको दिनमा यहाँसम्म पुर्याउनका लागि सबैभन्दा ठुलो सहयोग मेरो परिवारको नै छ । आर्थिक, मानसिक हर तवरले मलाई मेरो परिवारका सम्पूर्ण सदस्यहरुले जुनसुकै समयमा पनि सहयोग गर्नु भएको छ । धेरै जोखिम कार्य भएकोले कुनै कुनै काम गर्दा रोक्नु पनि हुन्छ तर सहकार्य गरेर सचेत भएर अघि बढ्न हौसला पनि प्रदान गर्नुहुन्छ ।

के-कस्ता कार्य गर्दै हुनुहुन्छ? बताउन मिल्छ?
अहिले चलिरहेको कोरोनाको कहरले गर्दा मैले केही गर्न पाएको छैन र गर्न पनि मिल्दैन । लकडाउन खुल्नासाथ र यो अवस्था केही थाम्य हुनासाथ अन्तर्राष्ट्रिय एडभेन्चरिस्टहरुसंग सहकार्य गरेर नेपालमा पनि खतरा मोलेर खेल खेल्न सक्ने नेपाली एडभेन्चरिस्ट पनि छ है भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फेरी पनि दिन चाहन्छु । जसले गर्दा नेपालको खस्केको पर्यटन(Tourism) व्यवसाय पनि माथि उठोस् र थप टेवा मिलोस भन्ने चाहन्छु ।

यो कार्य गर्नको लागि सरकारसंग के आशा राख्नुहुन्छ?
खोइ, यसै भन्न् सकिन्न अहिलेको अवस्थामा, सरकारले मलाई सम्मान गर्ने बाहेक अरु केही गरेको छैन अहिलेसम्म, यदि मलाई आर्थिक सहयोग गरेको भए अझ नेपाललाई अन्तर्राष्ट्रिय रुपमा धेरै भन्दा धेरै चिनाउने बातावरण सहज हुन्थ्यो जस्तो लाग्छ मलाई ।

अन्त्यमा, आफ्ना दर्शक तथा शुभचिन्तकहरुलाई के सन्देश दिन चाहनुहुन्छ?
अहिले नेपालमा मात्र नभई सारा विश्वमा कोरोनाको एक किसिमको त्रास छ । सायद यो त्रासबाट हट्न मैले गरेको साहसिक कामबाट उहाँहरुलाई केही आत्मबल मिल्छ कि भन्ने आशा राखेको छु । हामी आँफै भित्रैदेखि कमजोर छौँ भन्ने भावनालाई केही हदसम्म कम गर्न सकेपनि मेरा लागि त्यो ठुलै सफलताको कुरा हुन्छ र मलाई पनि थप कार्य गर्न उर्जा र आत्मबल मिल्छ भन्ने आशा राखेको छु । तपाईंहरुको माया र सहयोगको लागि सदैव आभार प्रकट गर्दै थप माया, हौसला र प्रोत्साहनको आशा राख्छु, धन्यवाद, नमस्ते ।
त्यस्तै तेजनेपालले मेरो मनको कुरा संसारको कुना कुनामा छरिएर बस्नु भएका नेपालीहरुमाझ पुर्याइदिन सहयोग गर्नु भएकोमा धेरै धेरै आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram