कोरोना अपडेट: नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो, ७० जनाले जिते कोरोना

काठमाण्डौँ, ज्येष्ठ ९ तेजनेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा थप २० जनामा कोरोना पुष्टि भएको छ । यस सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ७ जना पुगेको छ ।

सेती प्रादेशिक कैलालीका २१, २३ र २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सरस्वती मावि क्वारेन्टाइनमा रहेका छन् । डडेल्धुराका २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीय पुरुष, मोरङका ४१ वर्षीय पुरुष रहेका छन् । बाँकेका १४ जना १८ देखि ६१ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरुमध्ये १३ जना नरैनापुरका रहेका छन् । उनीहरुका भेरी अस्पतालमा परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै, नेपालका ४० वटा जिल्लामा कोरोना फैलिसकेको छ ।

सुसील कोइराला प्रखर अस्पताल, नेपालगञ्जबाट आज २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । जसमा महिला ९ जना पुरुष १२ डिस्चार्ज भएका हुन् ।

उनीहरु १ वर्षदेखि ६० वर्षसम्मका रहेका प्रवक्ता देवकोटाले जनाएका छन् । उनीहरु १७ देखि २० दिनपछि डिस्चार्ज भएका हुन् । यससँगै ७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram