डडेल्धुरा र बैतडीमा पहिलोपटक देखियो कोरोना संक्रमित

काठमाण्डौँ, ज्येष्ठ ९ तेजनेपाल

नेपालमा पछिल्लो अपडेट अनुसार आज दिउँसो थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
त्यस्तै, ७० जनाले कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

नियमित पत्रकार सम्मलेनमार्फत कैलालाीका ३ जना, डडेल्धुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ र मोरङका १ जनामा कोरोना पुष्टि देखिएको प्रवक्ता डा. देवकोटाले जनाएका छन् ।

यससँगै ४० जिल्लामा कोरोना संक्रमण फैलिएको छ जसमा शुक्रबार डडेल्धुरा र बैतडीमा पहिलो पटक संक्रमण देखिएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram