थप ९ कोरोना भाइरस संक्रमितको पुष्टि, कूल संख्या ५१६ पुग्यो

काठमाण्डौँ, ज्येष्ठ ९ तेजनेपाल
नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।

संक्रमितहरु मकवानपुर (हेटौंडा-३) का ५४ वर्षे महिला, भक्तपुरका ४२ वर्षे पुरुष, सप्तरीका ३५ वर्षे पुरुष, बाराका २२, २७, ३०, ३४, ३८, ४५ वर्षे पुरुष रहेका छन । उँहाहरुको सबैको परिक्षण क्रमश: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ, वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान, धरान, किट्जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram