पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाण्डौँ, ज्येष्ठ ९ तेजनेपाल
पाकिस्तान, पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।

कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन । विमानमा ९९ जना यात्री र चालकदलका आठ सदस्य रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्टनजिक एक ‘मोडल कोलोनी’मा खसेको जनाइएको छ ।

कोलनीका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेको देखिएको छ । विमानमा सवारहरुको जीवितै उद्धारको सम्भावना कम भएको पनि बताइएको छ । त्यसैगरी, घरका केही मानिससमेत हताहती भएको हुनसक्ने बीबीसीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आउन बाँकी रहेको छ ।

सभार: खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram