स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि, ७७ मध्ये ४६ जिल्लामा संक्रमण फैलियो

काठमाण्डौँ, ज्येष्ठ १३ तेजनेपाल
पहिलोपटक स्याङ्जामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै अहिलेसम्म नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४६ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने १५५ जना उपचारपछि निको भई घर फर्केका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।0

Leave a Reply

Your email address will not be published. Required fields are marked *