नेपालमा थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

काठमाण्डौँ, ज्येष्ठ १३ तेजनेपाल
नेपालमा कोरोना भाईरसलाई जितेर निको हुनेको संख्या पनि बढ्दै गएको छ । आजै मंगलबार थप २१ जनाले कोरोनालाई जितेको छन् ।
नारायणी अस्पपतालको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोनालाई जितेका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिला सहित २१ जनाले कोरोना जितेको जसमा १५ महिने बालक पनि रहेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ ।

यो सँगै नेपालमा कोरोना जितेर निको भएर घर फर्किनेको संख्या १७६ पुगेको छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।
नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु हुँदा बाँकी उपचाररत अरुको भने अवस्था सामान्य रहेको बताइएको छ ।
सभार: लोकपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *