लकडाउनको समयमा ‘यो मुटुमा तिम्रो नाम’को शुटिङ सम्पन्न

काठमाण्डौं, ज्येष्ठ २३ तेजनेपाल
हालै लकडाउनका बिचमा एड्भेन्चर स्टार गौतम खाती तथा मोडेल निवा खाजुम अभिनित ‘यो मुटुमा तिम्रो नाम’बोल रहेको गीतको म्युजिक भिडियोको शुटिङ सम्पन्न भएको छ ।

लकडाउन छ, रोगले भन्दा नि भोकले पो मरिने भयो अब, ज्यादा घर बसेर सबैलाई अब त मानसिक तनाब पनि हुन लागि सक्यो, बरु काम गर्दा यस्ता कुराहरु सोच्नबाट त टाढा भईन्छ आदी कुरा गर्छन् एड्भेन्चर स्टार गौतम लगायतका शुटिङ युनिट ।

भिडियोलाई निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका छन भने सिनेम्याटोग्राफर केशव विश्वकर्माले काठमाण्डौको मनोरम दृश्य भित्र गीतको भावलाई कैद गर्न खोजेका छन । सिओन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा सन्ध्याको मेकअप रहेको छ भने भिडियोलाई आर्यन खडकाले सम्पादन गर्नेछन ।
रोमन्टिक शैलिमा रहेको गीतका गायक गायिका मोहन मगर र् दिपा लामा हुन । यसमा गायक मोहन मगरकै सँगीत , शब्द रहेको छ भने गीतलाई पुषकर सुनुवारले एरेन्ज गरेका छन ।

भिडियो छिट्टै नै बजारमा रिलिज हुने कुरा भिडियो टिमले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *