लोकप्रिय गायक रामचन्द्र काफ्लेको राष्ट्र भावनाले ओतप्रोत सन्देशमुलक गीतको भिडियो सार्वजनिक

काठमाण्डौँ, ज्येष्ठ २४ तेजनेपाल
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लोक-गीत, लोक-पप तथा बिभिन्न बिधाका गीतहरु गाएर चर्चित बनेका लोकप्रिय गायक, संगीतकार तथा बहुप्रतिभाका धनी रामचन्द्र काफ्लेको हालै “रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र” बोलको राष्ट्र भावनाले ओतप्रोत सन्देशमुलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अहिलेको यस्तो बिषम परिस्थितिमा भारतले नेपाली सीमानामा देखाएको अमानवीय ब्यबहारका बिरुद्ध सारा नेपालीको एउटै ढिक्को आवाज बनाएर सारा नेपालीलाई नै जागरुक बनाउँदै गायक काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र भन्दै सो गीत प्रस्तुतु गरेका हुन् ।

प्रस्तुत गीतमा स्वयम गायक राम्चन्द्र काफ्लेकै संगीत रहेको छ । गीतमा जुनु रिजालको पनि स्वर रहेको छ भने गीतमा सुरेन्द्र केसीको राष्ट्रिय भावले भरिएको शब्द रहेको छ ।

भिडियोमा नेपालका लोकप्रिय कलाकारहरु हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ । त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेन्द्र केसीको निर्देशन रहेको भिडियोबाट सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले सकारात्मक सन्देश जाने कुरा गायक रामचन्द्र काफ्लेले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *