थप २७९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

काठमाण्डौँ, ज्येष्ठ २८ तेजनेपाल
आज पछिल्लो अपडेट अनुसार बुधबार बिभिन्न प्रयोगशाला गरिएको परिक्षणमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।

आज मात्र ९० जना निको भएर घर फर्केका छन । यो संगै निको भएर घर फर्किनेको कुल संख्या ६७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *