“एउटा सपना”को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ, ज्येष्ठ ३० तेजनेपाल

चर्चित निर्माता, निर्देशक र कलाकार निर्मल शर्मा तथा वरिष्ठ कलाकार कमलकान्त मैनालीको संयुक्त निर्देशनमा बनेको “एउटा सपना” गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम गरी भिडियो रिलिज तथा अन्य कार्य गर्न नमिल्ने भएकाले डिजिटल रिलिज गरिएको निर्देशकद्वय शर्मा तथा मैनालीले तेजनेपाललाई बताउनु भयो ।

भिडियोमा वरिष्ठ कलाकार कमलकान्त मैनालीको दमदार अभिनय पनि हेर्न पाईन्छ । भिडियोमा उनले आफुले बिगतमा आफ्नो मायालुसंग बिताएका पलहरु सम्झिदै कसरी जिवन बिताईरहेका छन भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन ।

भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिले छांयाकन गरेका हुन । सम्पादनको कार्य गौतम राज खडकाले गरेका हुन । भिडियो ओएसआर डिजिटलको युटुब च्यानलबाट रिलिज गरिएको छ ।

भावुक शैलीमा प्रस्तत उक्त गीतमा गायक उत्सव कान्त मैनालीको सुमधुर स्वर सुन्न पाईन्छ । गीतको शब्द रमेश सुबेदीले लेखेका छन भने संगीत रोशन राज गुरुङको रहेको छ । गीतलाई कुमार थापाले एरेन्ज गरेका हुन । रेकर्डिङ तथा मिक्सिङ मनोज परियारले  गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *