बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

काठमाण्डौँ, ज्येष्ठ ३२ तेजनेपाल
एजेन्सी, चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन । उनी बलिउडका चर्चित कलाकार मानिन्छन् ।
उनले आत्महत्या गरेको कारण भन्ने केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका चर्चित सिनेमाहरूमा अभिनय गरेर चर्चा कमएका थिए । राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।
अभिनेता अक्षयकुमारले यो समाचारले आफू स्तब्ध बनेको ट्विटमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *