बलिउड अभिनेता सुशान्त सिंहको निधनमा मनिषा कोइरालाको प्रतिक्रिया

काठमाण्डौँ, ज्येष्ठ ३२ तेजनेपाल
चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले उनका प्रशंसकहरुलाई निकै दुःखी बनाएको छ । एक्लै बस्दै आएका सुशान्त मुम्बई स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ । सेलिब्रेटीहरुले राजपुतले आत्महत्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्तब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना! ओम शान्ति.,’


यस्तै, बलिउड अभिनेता अजय देवगनले सुशान्तको निधन निकै दुःखद रहेको बताएका छन् ।

यस्तै, अभिनेता अक्षय कुमारले पनि आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

यस्तै,भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरले अभिनेता राजपुतको निधनले ठूलो क्षती भएको उल्लेख गरेका छन्।

अनुष्का शर्माले लेखिकी छिन्,’सुशान्त तपाईं धेरै युवा र आशलाग्दा हुनुहुन्थ्यो । यति चाँडै छाडेर जानुभयो.., म निकै दु:खी र हैरान यसकारण छु की हामी यस्तो माहोलमा छौं, जहाँ तपाईका लागि कुनै समाधान र मद्दत गर्न सकेनौं। तपाईको आत्मा शान्तिमा रहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *