एड्भेन्चर स्टार मोडेल गौतम खातीको मुटुमा निवा खाजुमको नाम कोरेपछी

काठमाण्डौँ, असार १ तेजनेपाल

लकडाउनको समय बिचमा तयार पारिएको एड्भेन्चर स्टार गौतम खाती तथा मोडेल निवा खाजुम अभिनित ‘यो मुटुमा तिम्रो नाम’बोल रहेको गीतको म्युजिक भिडियोको सार्वजनिक भएको छ । रोमान्टिक शैलीको भिडियोमा मोडेलद्वयको भरपुर रोमान्स हेर्न पाईन्छ साथै अन स्क्रिन केम्स्ट्री पनि जमेको देखिन्छ ।

निर्देशक सिओन श्रेष्ठले निर्देशनमा तयार भएको भिडियोलाई सिनेम्याटोग्राफर केशव विश्वकर्माले काठमाण्डौको बिभिन्न मनोरम दृश्य भित्र कैद गरिएको छ । भिडियोमा आर्यन खडकाले सम्पादन रहेको छ भने मेकअप सन्ध्याको रहेको छ ।

रोमन्टिक शैलिमा रहेको गीतका गायक मोहन मगर र गायिका दिपा लामाको स्वर रहेको छ । गीएमा स्वयम गायक मोहन मगरकै सँगीत, शब्द रहेको छ भने गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन ।

लक्डाउनका कारण सार्वजनिक स्थानहरुमा कार्य गर्न बन्देज भएका कारण भिडियो बुढा सुब्बाको युटुब च्यानलबाट डिजिटल रिलिज गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *