‘डाँडैमा मेला लागेछ’का गायक कबिन्द्रको नयाँ गीत ‘जब मैले’ रिलिज हुँदै

काठमाडौँ, असार ५ तेजनेपाल
‘डाँडैमा मेला लागेछ’ भन्दै एकताका चर्चाको शिखरमा रहेको गीतका लोकप्रिय गायक कबिन्द्र श्रेष्ठले आफ्नो ‘जब मैले’बोलको नयाँ गीतको भिडियोको शुटिङ सम्पन्न गरेका छन । लगभग दुई दशकको सांगितिक यात्रामा थुप्रै गीत, ६ वटा एल्बम र भिडियोहरु बजारमा ल्याइसकेका छन । उनको चर्चित एल्बम तथा गीतहरुमा रिमझिम रिमझिम, डाँडैमा मेला, हावा सरर, मायाको आधार, ड्रीम गर्ल्ज़ आदी रहेका छन ।

चर्चित गायक, संगीतकार, भिडियो निर्देशक तथा बहुप्रतिभाका धनी जेम्स प्रधानले उक्त गीतको भिडियोलाई निर्देशन गर्नुभएको हो । त्यस्तै भिडियोको सम्पादन लगायतका सम्पूर्ण कार्यहरु वंहा आँफैले गर्नुभएको छ भने सिनेम्याटोग्राफी भने राजु र निरञ्जनले गरेका छन । भिडियोलाई गायक श्रेष्ठकै आफ्नै युटुब च्यानलबाट केही दिनमै रिलिज गर्ने कुरा उनले तेजनेपाललाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *