सुनको भाउ अहिले सम्मकै महंगो, तोलामै ९० हजार नाघ्यो

काठमाडौं, असार ७ तेजनेपाल
सुनको भाउ प्रति तोलामा अहिले सम्मकै सबैभन्दा महंगो भएको छ । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ ।

अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।

आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि महासंघले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *