विश्व संगीत दिवसको अवसरमा “लजालु मुस्कान’को रिमेक भर्जन

काठमाडौं, असार ७ तेजनेपाल
“लजालु मुस्कानले प्रियासी, चोरी लग्यो मन मेरो तिमीले”, यो गीत नसुन्ने नेपालीहरु सायदै होलान । ९० को दशक, जुन समयलाई नेपाली संगीतिक युगको “गोल्डेन टाइम’ भनेर चिनिन्थ्यो । सोही ताका एकदमै चर्चामा रहेको यस् गीतलाई सबैले निकै मनपराएका थिए ।

आज विश्व संगीत दिवसको अवसर पारेर यस् गीतको रिमेक भर्जनको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई महेश्वर श्रेष्ठकै छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन । सहयक निर्देशन ब्याण्डका लिड गीटारिस्ट भुपेन्द्र बज्राचार्यले गरेका हुन । भिडियोमा
मोडेल आरध्य लक्ष्मी खड्गीको अभिनय रहेको छ ।

गीतलाई ‘कलिन्द ब्याण्ड”ले सन १९९६ मा सार्वजनिक गरेका थियो । सन १९९४ मा स्थापना भएको कलिन्द ब्याण्डको पहिलो एल्बम ‘निष्ठुरी’ समावेश यो गीत त्यतिबेला सर्वोतकृष्ट गीतको सुचीमा थियो । ब्याण्डमा बिजय गुरुङ (भोकल),भुपेन्द्र बज्राचार्य(लिड गिटार), सुसन प्रधान (बास), समिश शर्मा (ड्रम) गरी ४ जना सदस्य हुनुहुन्थ्यो । हाल बिजय गुरुङ (भोकल),भुपेन्द्र बज्राचार्य(लिड गिटार) लगायत दुई जना थप सदस्य प्रविन मानन्धर (ड्रम) र पवन कपाली (बास गिटार) र स्पेशल फिचरिङ्गका रुपमा चर्चित गायक, संगीतकार तथा गिटारिस्ट ज्योति घिमिरे ब्याण्डमा आबद्ध हुनुहुन्छ ।

ब्याण्डको अहिले सम्म २ वटा एल्बम मात्रै सार्वजनिक भएको छ जसमा पहिलो एल्बम ‘निष्ठुरी'(१९९६), दोश्रो एल्बम संकेत (१९९८)रहेको छ । तेश्रो एल्बम निकल्ने तयारी गर्दा गर्दै ब्याण्डका सदस्यकहरुको पढाई तथा विभिन्न कामहरुले गर्दा बिदेशिनु परेको तथा समयनुकुल नभएका कारण ड्रप आउट गर्नु परेको कुरा लिड गीतारिस्ट तथा अहिलेको समयका व्यस्त, चर्चित मुजिसियन तथा एरेन्जर भुपेन्द्र बज्राचार्यले जानकारी गराउनु भयो । हाल ब्याण्डको फेरी रियुनाइट भएसंगै नयाँ एल्बम निकाल्ने तयारी भईरहेको कुरा पनि उँहले तेजनेपाललाई जानकारी गराउनु भयो । बिचको समयमा ब्याण्डका लिड गायक बिजय गुरुङले आफ्नो सोलो एल्बम ‘प्रमिस’ सार्वजनिक गरेका थिए, जसमा एल्बमको सबै गीतको एरेन्ज तथा टेक्निकल कामहरु आफुले नै गरेको पनि बताउनु भयो ।

https://youtu.be/QX281pVi-sw

LOCKDOWN को समयमा बनाएको KALIND BAND द्वारा प्रस्तुत यो कौसी VIDEO आज Release गर्यौं ।DIRECTED BY: Maheswor Shrestha https://youtu.be/QX281pVi-sw

Gepostet von Bhupendra Bajracharya am Sonntag, 21. Juni 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *