नेपाली अभिनेत्री सभ्यता गिरी भारतीय म्युजिक भिडियोबाट चर्चा बटुल्दै

काठमाडौं, असार ८ तेजनेपाल
एउटा शुद्ध कलाकारको परिचय भनेको उसको कलाकारिता नै हो । नेपालमा मात्र नभई अहिले विश्वभर नै नेपाली कलाकारहरुले ख्याति कमाएका छन । यही जमातमा पछिल्लो समय यस्तै चर्चाको शिखरमा उक्लिदै गरेकी नेपाली अभिनेत्री तथा मोडेल सभ्यता गिरीले हालै एक हिन्दी म्युजिक भिडियो मार्फत दर्शक सामु आएकी छिन ।

हालै सार्वजनिक भएको सभ्यताको नयाँ हिन्दी म्युजिक भिडियो ‘पसंद आया´मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । भिडियोमा भारतीय अभिनेता भुषण पटेलको साथ सभ्यताको रोमान्स पनि देख्न सकिन्छ ।

सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् ।

ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द, संगीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन । भारतको बिख्यात म्युजिक कम्पनी जि म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *