नेपाली अभिनेत्री नितु कोइराला “मिसेस ईण्डिया २०२०”मा जुरीको भुमिकामा

काठमाडौं, असार ८ तेजनेपाल
नेपालमा मात्र नभई भारतमा पनि चर्चामा रहेकी नेपाली अभिनेत्री नितु कोइराला कोरोना कहरका कारण हाल अनलाईनबाट भईरहेको पिस अफ इन्डियाले आयोजना गरेको मिसेज इण्डियामा जुरीको रुपमा रहेकी छिन ।

उनले यस् प्रतियोगितामा नेपालको तर्फबाट जुरिको रुपमा सहभागीता जनाएकी हुन । हाल उनी सोही संस्थामा नेपालको तर्फबाट ब्राण्ड एम्बेस्डरको रुपमा कार्यरत छिन ।

यस् बाहेक पिन्क रोजेज इन्टर्टेन्ट्मेन्टले आयोजना गरेको मिस्टर, मिस एण्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निभाएकी छिन ।

नायिका कोइरालाले केही समयअघि भारतको विभिन्न संस्थाले संयुक्त रुपमा आयोजना गरेको “कोरोना वारीयर्स अवार्ड”बाट पनि सम्मानित भएकी छिन ।

यस् बाहेक भारतकै बिभिन्न संस्थाले आयोजना गरेको बिभिन्न सम्मानित कार्यक्रम तथा अवार्डबाट पनि सम्मनित हुँदै हाल नेपालबाटै नै प्रत्यक्ष रुपमा यस्तै कार्यक्रममा सहभागिता जनाइरहेको जानकारी तेजनेपाललाई गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *