समिक्षा अधिकारीको “छाँया वरको” म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौँ, असार ८ तेजनेपाल

गायिका समिक्षा अधिकारी तथा चर्चित संगीतकार बसन्त सापकोटाको नयाँ गीत “छाँया वरको” म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । गीतमा चर्चित संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ भने मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन ।

भिडियोलाई चर्चित सिनेम्याटोग्राफर तथा भिडियो निर्देशकको पनि राम्रो छवि बनाईसकेका ज्ञानेन्द्र शर्मा हुमागाईले निर्देशन तथा छायांकन गरेका हुन । भिडियोमा स्वयम गायिका समिक्षा अधिकारी तथा मोडल अर्जुन गौतम को अभिनय रहेको छ ।

बिष्णु खडकाको सम्पादन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोमा अनिता ग्वाछाको मेकअप रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *