भाइरल गायिका कमला घिमिरेको पहिलो तिज गित २४ घण्टा नबित्दै युटुब ट्रेण्डिङ्गमा

काठमाण्डौँ, असार ९ तेजनेपाल
निकै चर्चाको शिखरमा रहेकी भाइरल बाल गायिका कमला घिमिरे र गायक खेम सेन्चुरीको सुमधुर आवाजमा सार्वजनिक गरिएको तिज गीत ‘लरी लरी लै रुन्छु बरिलै’ २४ घण्टा नबित्दै युटुबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।

गीतमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जना तथा बहुप्रतिभाशाली सर्जक खेम सेन्चुरीको लय सिर्जना रहेको छ भने यसलाई शुभारम्भ डिजिटलले सार्वजनिक गरेको हो ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा सुरेश श्रेष्ठको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’की चर्चित हास्य कलाकार सरस्वति फुयाल भाईरल बाल गायिका कमला घिमिरे तथा गायक, सर्जक तथा संगीतकार खेम सेन्चुरीको अभिनय हेर्न पाईन्छ ।

भिडियोलाई शुभारम्भ डिजिटलको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *