आज ४३४ जना थपिए कोरोना संक्रमित, कुल संक्रमित संख्या ११ हजार १६२

काठमाण्डौँ, असार ११ तेजनेपाल
नेपालमा आज  थप ४३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने आज ३१२ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ हजार एक सय ६२ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने दुई हजार ६ सय १६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *